गोविन्द महतो
जनकपुरधाम, माघ ।

मधेश प्रदेशसभाबाट चार जना सांसदले राजिनामा दिएर निर्वाचनमा होमिएका छन् । मधेश प्रदेशसभा सदस्यबाट राजिनामा दिएर प्रतिनिधिसभा सांसदको उम्मेदवारका लागि चार जना प्रदेशसभा सदस्यले राजिनामा दिएका हुन् ।

मधेश प्रदेशसभाबाट निवर्तमान सभामुख रामचन्द्र मण्डल, पूर्व मुख्यमन्त्री सतिष कुमार सिंह, पूर्व मन्त्री भरत प्रसाद साह र पूर्व राज्यमन्त्री रहबर अन्सारीले राजिनामा दिएर निर्वाचनमा होमिएको हो । मधेश प्रदेशसभा सचिवालयका अनुसार मण्डल र अन्सारीले माघ ४ गते नै राजिनामा बुझाए । यता पूर्व मुख्यमन्त्री सतिष कुमार सिंहले र पूर्व मन्त्री भरत प्रसाद साहले ५ गते सभामुख रामअशिष यादवलाई गएर राजिनामा बुझाएका हुन् ।

निवर्तमान रामचन्द्र सभामुख मण्डल नेकपा एमालेबाट धनुषा क्षेत्र नं. १ बाट नेपाल कम्युनिष्ठ पार्टी एमालेबाट मनोनयन दर्ता गराएका छन् । उनी अघि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए । सतिष कुमार सिंहले सप्तरीको निर्वाचन क्षेत्र नं. २ स्वभिमान पार्टीबाट निर्वाचनमा मनोनयन पत्र दर्ता गराएका छन् । सिंह यसअघि जनमत पार्टीबाट सप्तरीको निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका थिए । सप्तरीमा पूर्वमुख्यमन्त्री सिंहलाई नेकपा एमालेले सहयोग गर्ने भएको छ ।

पूर्वमन्त्री भरत प्रसाद साहले महोत्तरी क्षेत्र नं. ४ बाट मनोनयन पत्र दर्ता गराएका छन् । उनी यसअघि महोत्तरीको क्षेत्र नं. १ (ख) बाट तत्कालिन नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए । त्यसैगरी पर्साको क्षेत्र नं. १ बाट रहबर अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मनोनयन पत्र दर्ता गराएका हुन् ।

अघिल्लो निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रबाट अन्सारी क्षेत्र नं. १ (क) बाट निर्वाचित भएका हुन् । तर यसपटक उनी पर्साको निर्वाचन क्षेत्र नं. ४ रास्वपाबाट मनोनयनपत्र दर्ता गराएका छन् ।

जनता समाजवादी पार्टीका नेपालका उपाध्यक्ष तथा पूर्व मुख्यमन्त्री लालबाबु राउत, नेकपा एमालेले केन्द्रिय सदस्य तथा पूर्व मुख्यमन्त्री सरोज यादव र तत्कालिन स्वतन्त्र सांसद तथा हाल नेकपा एमालेका प्रदेशसभा सदस्य प्रमोद जयसवाललाई उम्मेदवार बनाउने तयारी भएपनि अन्तिम समयमा उनीहरु प्रतिनिधिसभा निर्वाचनबाट पछि हटेको हो ।


२०८२ माघ १०, शनिबार १३:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय