गोविन्द महतो
जनकपुरधाम, माघ ।
गौशाला नगरपालिकाले मातहतका क्रसर उद्योगहरुले मरहा खोलामा अवैद्य उत्खनन् तथा प्रशोधन गरेको भेट्टिएपछि बन्द गर्न पत्राचार गरेको छ । नगरपालिकाकी उपप्रमुख रेणु कुमारी महतोले शुक्रवार एक पत्र सार्वजनिक गर्दै गौशाला नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा गत माघ ११ र १२ गते अवैद्य उत्खनन् गरेको नाप जाँच भएपछि उपप्रमुख महतोले त्यस स्थानमा रहेको ८ क्रसर उद्योगको ढुवानी, प्रशोधन र उत्खनन्मा रोक लगाएको हो ।

गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुमारी महतो : अन्नपूर्ण
महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, उपप्रमुख रेणु कुमारी महतो, महोत्तरी प्रहरी प्रमुख हेरम्ब शर्मा, जिल्ला समन्वयन समितिका जिल्ला अनुगमन उपसमिति संयोजक जिल्ला समन्वय अधिकारी राधेश्याम ठाकुर सहितको टोलीको अनुगमनमा माघ ११ र १२ गते राति उच्चतम् विन्दु सम्म अवैध उत्खनन भई क्रसरमा गिट्टी वालुवा थुपारिएको अध्ययनको आधारमा रोक लगाईएको छ । स्थलगत अनुगमनको क्रममा जाँदानापको क्रममा अवैध उत्खनन् मरहाको विभिन्न क्षेत्रवाट अत्यधिक परिमाणमा नदिजन्य पर्दाथ लुकाई छिपाई राखिएको हुदाँ उक्त समाग्री खोजतलास गरी नापजांँ गर्नुपर्ने अवस्थामा सम्म क्रसर पूर्णरुपेण बन्द राख्न निर्देशनात्मक आदेश जारी गरिएको छ ।
टोलीले गौशालाको मरहा नदीमा अवैध उत्खनन् गम्भीर त्रुटि भएको जिल्ला अनुगमन उपसमितिले ठहर गर्दै नदी किनारमा रहेका क्रसर उद्योगहरु रात्रिकालिन समयमा २० फिट गहिराईसम्म उत्खनन् गरी बालुवाले छोपेर लुकाउन खोजेको र दर्जनौं स्थानमा १० फिट भन्दा गहिरो खाल्डो फेला परेको जिल्ला अनुगमन उपसमितिका संयोजक राधेश्याम ठाकुरले बताए ।

जिल्ला समन्वयन समितिका जिल्ला अनुगमन उपसमिति संयोजक जिल्ला समन्वय अधिकारी राधेश्याम ठाकुर ।
उनले भने, ‘मरहा खोलामा उत्खनन् मात्रै हैन, अवैद्य उत्खनन् भन्न सकिन्छ । माटो देखिने गरी
‘रात्रिकालिन समयमा नदीमा चरम दोहन गरी राजश्व चुहावट हुनुको साथै मापदण्ड विपरीत नदी उत्खनन् भएको छ । यसमा हामीलाई प्रहरी प्रशासनको सहयोग चाहिएको छ ।’, उपप्रमुख महतोले भििनन, ‘यसअघि पनि हामीले उत्खनन् रोक्न प्रयास गरेका हौं तर सम्भव भएन, जबसम्म प्रहरी प्रशासन र स्थानीय प्रशासनको सहयोग हुदैन् । म एक्लैले रोक्ने कुरा आउँदैन् ।’ उनले मरहा नदीमा क्रसर उद्योगले जताततै जथाभावी उत्खनन् गरेको छ । जसका कारण हामीले क्रसर पूर्ण रुपमा बन्द गरेका छौं । प्राविधिक सहितका टोलीले नापजाँच गरी उत्खनन् भएको क्षेत्रफल र परिमाण निकाल्ने अवस्था सम्मको लागि बन्द राख्नुपर्छ । अन्यथा कारवाहीको भागिदार बन्नेछ ।’
स्थानीय उपप्रमुख महतोलेले माघ १५ गतेबाट लागू हुने गरी गौशाला नगरपालिका भित्र रहेको सम्पूर्ण कसर उद्योगहरुले प्रशोधन, विक्री वितरण तथा दुवानी खोजतलास र नापजाँच नहुन्जेल सम्म बन्द गर्न पत्राचार गरेको छ । साथै पत्राचारलाई अटेर गरी कुनै पनी उद्योग सचालन र ढुवानी गरेको पाइए कानुन वमोजिम कारवाही गर्ने व्यहोरा समेत जानकारी सहितको सूचना जारी गरेको बताईन् ।
नदी उत्खनन्का लागि स्थानीय तहले ठेक्का मार्फत मापदण्ड तोकेर उत्खनन् गर्ने व्यवस्था भएपनि ठेक्का नै नलागेको अवस्थामा उत्खनन् पूर्णत अवैद्य हो ।
यसरी निर्वाचनको मुखमा नदी उत्खनन् हुनु अस्वभाविक भएको समाजिक अभियन्ता नागेन्द्र सत्याले जानकारी दिए ।

