नेपालवाणी डटकम
जनकपुरधाम, माघ ।
समयमै द्वन्द्व र द्वन्द्वबाट हुन सक्ने हिंसाको पहिचान र न्युनिकरणका लागि मधेश र कोशी प्रदेशका सरोकारवाला निकायसंग प्रारम्भिक चेतावनी अवस्थाबारे छलफल भएको छ । फ्रिडम स्टुडियो र समग्र विकास सेवा केन्द्र काठमाडौँको सहकार्यमा द्वन्द्व तथा हिंसा ट्¥याकिङ/ट्रय्याकर (चेतना) अन्तर्गत मधेश र कोशी प्रदेशमा सरोकारवाला निकायसंग फोकस समुहगत छलफल सम्पन्न भएको हो ।
छलफलमा समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग विचको फरक मत विचार, अन्तक्र्रिया, छलफल, असन्तुष्टिलाई विवाद हुँदै द्वन्द्व तथा हिंसामा परिणत हुन नदिन र त्यसको समयमै पहिचानका लागि सामाधनको लागि छलफल भएको समग्र विकास सेवा केन्द्रका निर्देशक डा. प्रेम ढुङ्गेलले जानकारी दिए । छलफलको क्रममा सहभागीहरुले विवादले द्वन्द्वको सिर्जना गर्ने र विवादको विकसित रुप नै द्वन्द्व हुने भएकोले द्वन्द्व तथा हिंसा व्यवस्थापनमा सबैको समान भुमिका हुनुपर्नेमा जोड दिईएको थियो ।
नागरिक समाजका प्रतिनिधि, युवा तथा समुदाय स्तरीय सरोकारवाला सहित मधेश र कोशीका ३५ जनाको सहभागितामा भएको छलफल मार्फत द्वन्द्व तथा हिंसा सम्बन्धी घटनाको स्थानीय तहमा अवस्था, प्रवृत्ति, कारणहरु बारे चर्चा गरिएका थिए । साथै द्वन्द्व जोखिमका संकेतहरुको पहिचान गर्दै तथ्याङ्क प्रमाणीकरण तथा प्रारम्भिक चेतावनी प्रणाली सुदृढ बनाउने विषयमा छलफल गरिएको छ । छलफलबाट प्राप्त निष्कर्षहरुलाई समग्रले शान्ति निर्माण र प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सहयोग पु¥याउने उद्देश्यले प्रयोग गरिने जिल्ला संयोजक बीरेन्द्र रविदासले जानकारी दिए ।
समाजमा शक्ति, सामथ्र्य, श्रोत सुनिश्चितता र बाँडफाँड प्रयोमा र वितरणमा सबैको समान पहुँच नभए उत्पन्न हुने मनमुटाव, असन्तुष्ति, झगडा, विवाद र विचारको बेमेललाई समयमै समाधानका लागि तथ्याङ्क सहितको शोध अध्ययन नेपाल सरकार सहित सम्बन्धित सरोकारवालालाई सिफारिस गरिने समग्र विकास केन्द्रले जनाएको छ ।

