नेपालावाणी डटकम
जनकपुरधाम, फाल्गुन ।


धनुषाको क्षेत्र नं. २ मा रास्वपाको पक्षमा लहर बढ्दै गएको देखिएको छ । धनुषाको औरही गाउँपालिका देउरी परवाहामा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न गाउँँ तथा टोलका गरी ४ सय भन्दा बढी पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई धनुषा २ प्रत्यक्ष तर्फका उम्मेदवार रामविनोद यादव तथा जूली यादवले माला पार्टी तथा अविर लगाई पार्टीमा स्वागत गरेका थिए ।


औरही गाउँपालिका २ स्थित देउरीमा भएको पार्टी प्रवेश समारोहमा ‘अईबेर बालेन सरकार’ को नारा लगाउँदै देउरी परवाहाबाट विभिन्न पार्टी परित्याग गरी १ सय ५६ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको छ । यसैगरी औरही गाउँपालिकाको भुपु वडाध्यक्ष दिलिप कु्मार साहको नेतृत्वमा ३५ युवा, महिला सहित ६० जना पार्टी प्रवेश गरेका हुन् ।


औरही गाउँपालिका वडा नं. १ पौडेश्वर र पुरनहियाका ४० जना युवा, औरही गाउँपालिका ३ कप्टौल र विक्रमपुरका ५० जना औरही गाउँपालिका ४ का २५ जना, औरही गाउँपालिका ५ आौरसााहा र पोरभिण्डाका ५० जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको औरही गापा पौडेश्वरका युवा गोविन्द ठाकुरले जानकारी दिए ।

पार्टी प्रवेश गराउँदै उम्मेदवार रामविनोद यादवले घरदैलो करिब करिब अन्तिम चरणमा पुगेको र घरदैलोमा जनता मतदाता बालेन सरकार बनााउने प्रति उत्साहित देखिएको जनाए । उनले भने, ‘परिर्वतनको पक्षमा जनताहरु छ । बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर लागिरहेका छन् । त्यही अभियानलाई हामीले पनि सहयोग, समर्थन गर्दै आएका छौं ।’


औरही गाउँपालिकाका युवाहरु क्रमशः गोविन्द ठाकुर र अमनराज यादवको नेतृत्वमा ४ सय युवाहरु प्रवेश गरेकोमा समानुपातिक सांसदका उम्मेदवार जूली यादवले घण्टीको लहर देखेर सबै अतालिएको बताईन् । उनले भनिन, ‘घण्टीको लहर देखेर सबै त्राहिमाम छन् । यसपाली जसको जे भएपनी घण्टी, हामी घण्टी बजाउँछौं ।’


२०८२ फाल्गुन ६, बुधबार २१:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय