अनिल कुमार साह
जनकपुरधाम, श्रावण ।
सुनसरी घटनाको विरोधमा जनकपुरधाम तनावग्रस्त बनेपछि धनुषा जिल्ला सुरक्षा समन्वयन समितिको बैठकबाट जनकपुरधाम सहित आसपासको क्षेत्रमा कफ्यु आदेशलाई निरन्तरता दिएको छ । जनकपुरधाम सहित आसपासका पालिकाहरुमा आन्दोलन उग्ररुप लिएपछि विहिवार देखिको निषेधाज्ञा (कफ्यु) आदेशलाई निरन्तरता दिईएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलको अध्यक्षमतामा बसेकोे सर्वपक्षिय सद्भाव समितिको बैठकबाट जिल्लाको सदरमुकाम जनकपुरधाम सहित अन्य स्थानमा सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचयन कायम राख सम्पूर्ण धर्म, समुदायका अगुवा, नागरिक समाज, बुद्धिजिवि, राजनीतिक दल, संघ ’संस्था, स्थानीय तहका जनप्रतिनिधिहरु सहित सञ्चारकर्मीलाई संयमितता अपनाउन पहल गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नागरिकहरुबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम गर्ने÷गराउने कार्यमा सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल तथा सहयोग सद्भाव कायम गर्नेछ । सामाजिक सञ्चाल सचेतना सामाजिक सञ्जाल मार्फत भ्रामक अफवाह फैलाउने पुराना सन्दर्भका विषय र घटनालाई प्रचारमा नल्याउने सहमति छ ।’
साथै एक अर्काको धर्म एवम् सम्प्रदायप्रति वितृष्णा पैदा गर्ने एक अर्काप्रति घृणा फैलाउने, अमर्यादित एवम् अशोभनीय टिकाटिप्पणी गरी सामाजिक सद्भाव बिगार्ने कार्य र प्रवृत्तिलाई आ–आफ्ना तर्फबाट निरुत्साहित गर्ने निर्णय भएको प्रतिनिधिसभा सदस्य रामविनोद यादवले जानकारी दिए । उनले भने, ‘द्भाव ¥याली आयोजना गर्ने विभिन्न धर्म, जातजाति, भाषाभाषी एवम् सम्प्रदायका नागरिकहरुबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न जनकपुरधामम सर्वपक्ष दलको सहयोग प्रभावित पालिकाहरुलाई समेत सद्भाव ¥याली गर्ने निर्णय भएको छ ।’

त्यसैगरी सदरमुकाम जनकपुरधाम सहित पालिकाहरु र जिल्ला स्तरमा समेत सवैपक्षीय सर्वदलीय सद्भाव ¥याली शुक्रवार ८ बजे निकालिने प्रतिनिधिसभा सदस्य यादवले जानकरी गराए ।


