अनिल कुमार साह
धनुषा (तिनकौरिया) भदौ।
नेपाली कम्युनिष्ट पार्टीका नेता राजकिशोर रोहिता सहित दुई हजार व्यक्तिले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी विदेह नगरपालिका पार्टी सगठनले आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा नेपाली कम्युनिष्ठ पार्टीका नेता राज किशोर रोहिता सहित दुई हजार जनाले रास्वपा प्रवेश गरेको हो ।

पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सह-महामन्त्री तथा प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादव, रास्वपाका नेता तथा सासद रामविनोद यादव, प्रमोद महतो, राजकिशोर महतो, शिव यादव सहितका नेताहरुले नव आगन्तुक समर्थकहरुलाई पार्टीमा स्वागत गरे । सासदहरुले रास्वपा पार्टी प्रवेश गर्नेहरुलाई फुल, माला, गम्छा सहित पार्टीमा स्वागत गरेका हुन् ।

राजकिशोर रोहिता यसअघि तत्कालीन माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीबाट बिदेह नगरपालिकाको मेयर पदमा २ पटक निर्वाचनमा भाग लिएका थिए । गत निर्वाचन थोरै मतान्तरका साथ पराजित भएका थिए ।

यसैगरी विद्यार्थी जनमत संघ धनुषाका पूर्व अध्यक्ष धिरजकुमार मण्डल समेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
मण्डलले शुक्रबार धनुषाको बिदेह नगरपालिका–६, तिनकौरिया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रास्वपा प्रवेश गरेका हुन्।

मण्डलको रास्वपा प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। पछिल्लो समय विभिन्न राजनीतिक दल तथा संगठनमा सक्रिय रहेका युवा नेताहरू रास्वपातर्फ आकर्षित भइरहेका बेला मण्डलको प्रवेशलाई पनि त्यसैको निरन्तरताका रूपमा हेरिएको छ।


