अनिल कुमार साह

जनकपुरधाम, भदौ ।
प्रतिनिधिसभा सदस्य रामविनोद यादवले स्थानीय र प्रदेशको निर्वाचन अगावै रास्वपालाई थप मजबुतिको दिशामा लग्न राजनितिक गतिबिधिमा तिव्रता दिएका छ्न । नेकपाका प्रभावशाली नेता राजकिशोर रोहिता सहित सयौ नेता कार्यकर्तालाई प्रतिनिधिसभा सदस्य  रामविनोद यादवले गराए पार्टी प्रवेश गराएका छन् ।

धनुषाको विदेह नगरपालिका–स्थित तिनकौरिया बजारमा आयोजित एक कार्यक्रमबीच नेकपाका प्रभावशाली युवा नेता राजकिशोर रोहिता यादव सहित दुई हजारको संख्यामा नेताकार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको हो । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता यादवले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न तथा जनताको पक्षमा प्रभावकारी काम गर्न नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको बताए ।

उनले परम्परागत राजनीतिक अभ्यासबाट मुलुकको अपेक्षित विकास र परिवर्तन सम्भव नभएकाले युवाहरू नयाँ राजनीतिक अभियानमा जोडिनुपर्ने धारणा व्यक्त गरे । यादवले रास्वपाले जनताको विश्वास जित्दै संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिँदै आम नागरिकका समस्या समाधानका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले देशको राजनीतिक परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा जनताको भावना र आवश्यकतालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि अघि बढाउने बताए ।
२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा वर्तमान मेयर बेचन दाससँग सानो मतान्तरले पराजित हुँदै आएका राजकिशोर रोहिता रास्वपामा प्रवेश गरेका हुन् ।
उनले पुराना पार्टीहरुले समाजमा लडाउने, समाजमा भाँडभैलो गरेर कुर्शीको राजनीति गरेको कारण आफू रास्वपामा आएको बताए । उनले जेनजी आन्दोलनपछि रास्वपाले भ्रष्टाचार विरुद्ध कार्यहरु गरेपछि आफू रास्वपमा गएको बताएका छन् ।

 


२०८३ भाद्र ६, शनिबार ०७:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय