नेपालवाणी डटकम
जनकपुरधाम, असोज ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनकपुरधाममा द आर्ट अफ लिभिङको आयोजनामा विशेष ध्यान शिविर सुरु भएको छ । द आर्ट अफ लिभिङका प्रशिक्षक संजय महर्जनको नेतृत्वमा जनकपुरवासीलाई स्वच्छताको सन्देश सहित जीवन यापनको मुल आधारलाई ग्राहताका साथ मुल विषयको रुपमा चर्चा गरिने भएको छ । । महर्जन भने, ‘जनकपुरधाम माता जानकीको पवित्र घर हो । देवीको घर सधैं स्वच्छ, सुन्दर र पवित्र हुनुपर्छ । केवल कुरा गरेर होइन, ठोस कार्यवाट मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ । त्यसैले मन वचन र कर्मबाट सुशी रहन र तनावमुक्त हुन स्वच्छ समाजको परिकल्पना अपरिहार्य छ ।’

महर्जनले जनकपुरका सम्पूर्ण नागरिकहरु, गैरसरकारी संस्था, सामाजिक तथा आध्यात्मिक संघ–संस्थाहरुलाई एकजुट भई जनकपुरलाई स्वच्छ राख्न आह्वान समेत गरे । उनले स्वच्छता केवल सरकारको जिम्मेवारी मात्र नभई, हरेक नागरिकको सामूहिक दायित्व भएको कुरा स्पष्ट पारे । उनले ‘स्वच्छ जनकपुरधाम अभियान’ अन्तर्गत सेवामूलक परियोजनामा जोडिन चाहने सबै व्यक्ति तथा संस्थाहरुलाई नजिकको स्थानीय आर्ट अफ लिभिङ केन्द्रमा सम्पर्क गरी अभियानमा सहभागी हुन अपिल गरे । उनले भने, ‘समाजका सम्पुर्ण अव्यवहरु मिलेर जनकपुरधामलाई स्वच्छ, सुन्दर र आदर्श तीर्थ नगरी बन्नेगरी हातेमालो गर्न जरुरी छ ।’

सन् १९८१ मा गुरुदेव रविशंकरद्वारा स्थापना गरिएको द आर्ट अफ लिभिङ फाउन्डेसन विश्वव्यापी गैर–नाफामूलक आध्यात्मिक, शैक्षिक तथा सामाजिक संस्थाको रुपमा परिचित छ । हालसम्म १८० भन्दा बढी देशमा सक्रियताबाट ५० करोडभन्दा बढी मानिसहरु लाभान्वित भइरहेको दाबी छ । द आर्ट अफ लिभिङ फाउन्डेसन नेपालमा २५ वर्षदेखि योग, ध्यान, मानसिक कल्याण, युवा नेतृत्व विकास तथा सामाजिक सेवाका क्षेत्रमा योगदान पु¥याउँदै आएको छ । संस्थाको मूल ध्येय ‘तनावमुक्त मन र हिंसा–मुक्त समाज निर्माण’ छ ।

धार्मिक, शैक्षिक र सामाजिक क्षेत्रलाई एकै थलोमा जोड्दै समाजमा शान्ति, सद्भाव र मानसिक सन्तुलन प्रवद्र्धन गर्ने विश्वास लिई संयुक्त राष्ट्रसंघले सन् २०२४ मा विश्व ध्यान दिवसलाई औपचारिक मान्यता दिएको थियो । जनकपुरधाममा ख आर्ट आफ लिभिङको कार्यक्रम असोज १९ देखि २४ गते सम्म सञ्चालन हुन लागेको मुल प्रशिक्षक संजय महर्जनले जानकारी दिए ।

गुरुदेव रविशंकरको नेतृत्वमा संयुक्त राष्ट्र संघको मुख्यालय सहित एकै समयमा १८० देशका ८५ लाख भन्दा बढी व्यक्तिहरूले ध्यान अभ्यास गरिएको आयोजक समितिका स्वयंमसेवक ई. ओम साहले जानकारी दिए । जसले नयाँ गिनिज वल्र्ड रेकर्ड समेत कायम गरिएको छ ।

 


२०८३ आश्विन १९, सोमबार ०७:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय