सर्लाही :  सर्लाहीको हरिपुर नगरपालिका–८, जगतपुरस्थित सडकखण्डमा आज म्याजिक र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

नवलपुर–मलंगवा सडकखण्डमा भएको उक्त दुर्घटनामा परी मोटरसाइकल चालक मलंगवा नगरपालिका–७, गणेशियाका २३ वर्षीय अरविन्द साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नवलपुर मलंगवा सडक खण्डमा नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना १ ज ६३०८ नम्बरको म्याजिक र मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–०१० प २२२१ नम्बरको मोटरसाइकल जगतपुर स्कुलअगाडि एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटना लगत्तै म्याजिक चालक हरिपुर नगरपालिका-२ हरिपुर बजार निवासी ३३ वार्षिय नजामुदिन बैठा फरार भएका थिए

घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले दुर्घटनामा संलग्न म्याजिक र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।


२०८३ आश्विन २४, शनिबार २०:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय