बर्दिबास :  महोत्तरीको बर्दिबासस्थित विभिन्न जलाशय तथा घाटमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ ।

पर्वको चौथो तथा अन्तिम दिन आज बिहानैदेखि खोला किनारमा भेला भएका व्रतालुहरूले विधिपूर्वक पूजाआराधना गरी उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । सो अवसरमा उनीहरूले परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् ।

चार दिनसम्म निष्ठापूर्वक मनाइने यस पर्वअन्तर्गत हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । आज बिहान उदाउँदो सूर्यको उपासनासँगै यस वर्षको छठ पर्व समापन भएको हो ।


२०८३ मंसिर १, सोमबार १०:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय