बर्दिबास : कोभिड-१९ कारण लामो समयदेखी थलिएका निजी क्षेत्रको पर्यटन तथा ब्यापारीक पर्बदनका लागी स्थानिय तहहरु पछिल्लो समय आफ्नै गृहकार्यमा जुटेका छन ।

पर्यटन, व्यापार तथा कृषी उपजहरुलाइ बजारिकरण गर्न स्थानिय तहभित्र संघ-सस्थाहरुले आयोजना गरेको ब्यापारिक महोत्सवहरुलाइ स्थानिय सरकारले धमाधम अनुमती दिइरहेको छ ।

यस्तै स्थानिय क्षेत्रका उत्पादन तथा कृषि, पर्यटन, सस्कृती र ब्यापारिक पर्बदनमा योगदान पुग्ने गरि महोत्तरीको बर्दिबास नगरपालिकामा तेश्रो पल्ट बर्दिबास महोत्सवको आयोजना गरिएको छ ।

अघिल्ला बर्षहरुको तुलनामा यसपालीको महोत्सवलाइ फरक बनाउने भन्दै आयोजक पक्ष नया गृहकार्य गरिरहेको दावी गरेपनी महोत्सवको चौथो दिनसम्म आइपुग्दा अवलोकनकर्ताहरुले नया स्वाद चाख्न भने पाएका छैनन ।

नेपाल उधोग बाणिज्य संघ बर्दिबास साखाले आयोजना गरेको महोत्सवमा स्थानिय कृषी उत्पादनलाइ मुख्य प्राथमिकता दिने बताएतापनी महोत्सवमा नाच्ने, गाउने बाहेक बाहय र आन्तरिक पाहुनाहरुले खासै फरक महसुस गर्न नसकेको स्थानिय अवोलकनकर्ता माधव प्रसाद पौडेलको भनाइ छ ।

“महोत्सवलाइ जुन प्राथमिकताका साथ आयोजना गरिएको थियो त्यो उदेश्यअनुसार केहीपनी देखिएन” उन्ले भने ।

पुरानो नै तरिकाले १ सय ५० भन्दा बढी स्टलहरु, रोटे पिङ्ग, नाच्न, गाउन स्टेज बाहेक कृषि र पर्यटनलाइ पर्बदन गर्न ध्यान दिएको देखिएको छैन ।

अझ स्टलहरुको महङ्गो मूल्य निर्धारण गरिएको हुनाले स्टल राख्न चाहनेहरु फर्केर गैइरहेको गरिरहेकाहरुको स्टलमा सहभागी ब्यापारीहरुको भनाइ छ ।

यता व्यापार नै गर्ने उदेश्यले स्टल राखेका कतिपय स्थानिय व्यापारी भनेजस्तो व्यापार नभएको कारणले निराश देखिएका छन । ” महँगो पैसा तिरेर स्टल र बुकिङ्ग गरियो तर व्यापार नभएको देख्दा अचम्म लागेको छ उन्ले भने ।

आन्तरिक र बाहय गरि २ लाखभन्दा बढी पाहुनाहरु भित्र्याउने आयोजक पक्षको लक्ष्य रहेको छ । चैत्र-८ गतेसम्म संचालन गरिने भनिएको बर्दिबास महोत्सवले स्थानिय उत्पादनहरुलाइ जोड दिने बताएतापनी महोत्सव भित्र देखिने चिया र नास्ताका दोकानहरुले महोत्सवलाइ नै गिज्याइरहेका छन ।

“हिमाल पहाड तराइ कोही छैन पराइ, एक आफसी सदभावको पहिचान बर्दिबासलाइ नमुना सहर बनाउने हाम्रो अभियान” भन्ने मुख्य नाराका साथ आयोजना गरिएको भएतापनी महोत्सवभित्रका महत्वपुर्ण बिषयलाइ ध्यान पुर्‍याउन नसक्दा ब्यवहारिकरुपमा उदेश्यहरु नै हावी भएको कतिपयको आरोप छ ।

३५ लाख लागत लाग्ने अनुमान गरिएको महोत्सवमा प्रवेशको लागी ५५ रुपैया टिकट निर्धारण गरिएको छ भने कृषी उत्पादनका जुनसुकै स्टलको लागी नि:शुल्क ब्यस्था छ । किसानहरुले आफ्ना उत्पादनहरुलाइ स्टलमा राखेर व्यापार समेत गर्न पाउने आयोजक पक्षले जानकारी दिएको छ । तर भनाइ र गराइमा आकाशपताल फरक भएको ब्यापारीहरुको नै भनाइ छ ।

स्थानिय कृषि उत्पादित सामाग्रीहरु अहिलेसम्म स्टलमा नदेखिनु बरु बाक्लै जुत्ता, चप्पल, खाना नास्ताका पसलहरु देखिनुले महोत्सव नाचगान हेरेर र पिङ्ग खेलेर मात्र थकाइ मार्ने थलो बनेको छ ।

सास्कृतिक कार्यक्रममा समेत बिदेशी गीत र उत्ताउला नाचहरुलाइ प्राथमिकतामा राखिएको छ । स्थानिय सास्कृतिक पहिचान झल्कने सस्कृतीलाइ प्राथमिकता दिनुको सट्टा ओपन गण्डम स्टाइलदेखी मुन्नी बदनाम हुइ गीतहरु बज्नुले महोत्सवमाथी नै अनेकौ प्रश्न चिन्हक खडा भएका छन ।

२०७७ फाल्गुन २९, शनिबार २१:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय