काठमाडौं : आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गरिने बताए । उनले स्वास्थ्यकर्मीहरुलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गरिने पनि प्रतिवद्वता गरेका छन् ।

बन्दाबन्दीको यो अवधिमा कसैलाई भोकै मर्न नदिने पनि प्रतिबद्धता गदै उनले महामारी नियन्त्रणकोलागि सरकारले चालेका सबै कदम सबैले पालना गर्ने विश्वास दिलाए ।

२०७८ बैशाख २०, सोमबार १७:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय