जनकपुरधाम : सोमबार दिउँसो जनकपुरधाम उप-महानगरपालिका ९ अन्दाजी ३८ एक पुरुषको जनकपुरधाम स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल भित्र उपचार गराउन लैजाने क्रममा मृत्यु भयो । कोरोना संक्रमणका कारण थाला परेका उनको दिउँसो ४ बजे ज्यान गएको थियो । दोश्रो दिन मध्यान्ह सम्म उनको शव अस्पतालको ईमेरजेन्सी वार्डको एक कुनामा झिंगा भन्किरहेको अवस्थामा फयाकिएको थियो । झण्डै १८ घण्टा सम्म अलपत्र शव रहनुको एउटै कारण थियो शव व्यवस्थापनमा अन्योलता ।

मृत्यु लगत्तै उनको आफन्तले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला देखि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट तथा स्थानीय प्रशासनलाई खबर गरे । तैपनि शवको व्यवस्थापनको टुङ्गो लागेन । आफन्तले समेत शव उठाउन मानेनन् । अघिल्लो दिन दिउँसो ४ बजे नै मृत्यु भएका शब झण्डै २४ घण्टा वित्न लाग्दा समेत व्यवस्थापन नहुँदा उपमहानगरपालिकाले दिएको पर्सनल प्रोटेक्टिभ ईक्वुपमेन्ट (पिपिई) लगाएर जनकपुर जानकी चोकका चार युवाले शव व्यवस्थापन गरेका छन् ।

आफ्नो परिवारजन गुमाउनुको पीडा एक ठाउँ, अन्तिम पटक उनीहरुले छुन पनि पाएनन् । कोरोना संक्रमित मृतकको अनुहार पूरै ढाकिएको थियो । जनकपुरको स्वर्गद्वारामा सधैं झैं शोकमा डुबेको थियो । शवदाह स्थलमा परिवार र आफन्तजन भएका शव भेला भएर जलाईरहेका थिए भने अर्कोतीर दृश्य भने केही फरक थियो । चार जनाको एक् टोलीले दाउँरा जुटाउने देखि लिएर शव व्यवस्थापन सम्मको सम्पुणर् काम गरिरहेका थिए ।

’नबोलाएको शव संस्कारमा मलामी जानु हुन्न’ भन्ने परम्परागत मान्यता तोड्दै स्वास्थ्य संकटकालको समयमा खटिरहेका उनीहरुले धेरैको ध्यान तानेको छ । उनीहरु जनकपुरधाम स्थित ‘परिवर्तनका लागि युवा अभियान’ नामक टोली शव व्यवस्थापना लागेका हुन् ।
प्रादेशिक अस्पतालमा मृतकको परिवारसँग आवश्यक प्रक्रिया पुर्‍याएर स्वीकृति लिइयो । त्यसपछि आवश्यक सुरक्षा सावधानी अपनाउँदै टोलीले शववाहनमा शव हाले । शव निकाल्नुअघि टोलीले शव राखिएको स्ट्रेचर र वरिपरिका सामान डिसइन्फेक्ट गरे । अस्पतालबाट निकालेर मृत शरीरलाई शववाहनमा राखे । त्यसपछि, फेरि त्यसैगरी आफू र वरिपरिका सामानलाई डिसइन्फेक्ट गरे र स्वर्गद्वार तिर लागे । स्वर्गद्वार लगेपछि उनीहरु मृतकलाई अभिवादन दिदै फूल-माला अर्पण गर्न चाहनेलाई सुरक्षित स्थानबाट अवसर दिई अभिवादनपछि शवको दाहसंस्कार गरियो ।

शव व्यवस्थापन टोलीमा खटिएका सुशिणर् कणर् भन्छिन्, ’संकटपूणर् अवस्थामा राज्यले दिएको काम गर्न पाउँदा गर्व लागेको छ । शव संस्कारमा नबोलाई जानुहुदैन भन्ने परम्परा तोड्नु भन्दा हामीले आफ्नो जिम्मेवारी निर्वाह गरेका हौं ।’
शव व्यवस्थापनको क्रममा यूवा अभियन्ता सुशिल कणर्, किशन मण्डल, मोहन रौनियार, मनिष सिंह लगायतका यूवाहरु खटिएका थिए । ‘सुरुमा डर लाग्यो, तर बिस्तारै डर हराउँदै गयो, एकपटक गरेपछि अब अर्को शवलाई समेत व्यवस्थापन गर्न सक्छु भन्ने मनोबल बढेको छ, हामीलाई जहाँ जसको जसरी आवश्यकता हुन्छ, हामीलाई जानकारी गराउनुस, हामी तपाईलाई सक्दो सहयोग गछौं’ युवा किसन मण्डलले भने ।

यता प्रमुख जिल्ला बन्धुप्रसाद वास्तोला वास्तोलाले मृतकको पीसीआर रिपोर्ट नभएकोले शव व्यवस्थापनमा कठिनाई भएको स्विकारे । बास्तोल मृतकको कोरोना परिक्षण नै नभएकाले शव उठाउन नमिल्ने भन्दै पञ्छिए ।

 

 

२०७८ जेष्ठ ५, बुधबार ०६:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय