जनकपुरधाम : कुर्था– जनकपुर– जयनगर रेलको उद्घाटनको पूर्वाभ्यासको रुपमा आइतबारदेखि प्राविधिक परीक्षण सुरु हुने भएको छ ।

रेल सञ्चालनको तिथि पटक– पटक तोकिए पनि हाल सम्म रेल सञ्चालन हुन सकेको छैन् । आइतबारदेखि रेल को नियमित प्राविधिक परीक्षण हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण भएको जयनगर– बिजलपुरा– बर्दिवाससम्मको ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्मको ३२ किलोमिटर रेल सञ्चालन हुने तयारीमा पुगेको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले आइतबारदेखि नियमित रुपमा परीक्षणका लागि रेल सञ्चालन हुने बताए ।

‘रेल सञ्चालनकालागि नेपाल रेल्वे कम्पनीले रेल ट्रयाक नजिक रहेका हाट बजारहरु हटा् ाइसकेको छ ’ महाप्रबन्धक झाले भने, नियमित रुपमा दैनिक एक पटक कुर्था– जयनगर सम्म रेल ओहर– दोहर गर्नेछ । ‘आइतबारदेखि रेल सेवा नियमित रुपमा सञ्चालन हुन्छ’ झाले भने,‘ तर तत्काल यात्रु बिनाको सेवा (ड्राई रन) सञ्चालन हुनेछ ।

nepal-rail-8

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा संचालन सुरु हुने उनले बताए ।उद्घाटनको कार्यक्रम १० दिन भित्र निर्धारण हुने उनको दावी छ ।

‘सञ्चालनमा आएपछि रेल सेवा बन्द हुँदैन ’ झाले भने, विगतमा रेल सञ्चालन नहुनुको धेरै कारणहरु थियो । तर अब कुनै कारण छैन, हामीसँग रेल सञ्चालन गर्ने कर्मचारी छ, ऐन छ, बजेटको अभाव छैन ।

‘अब मात्रै दुई देशका प्रधानमन्त्रीले विधिवत् रुपमा उद्घाटन गर्न बाँकी छ ।’ रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय ‘जि टु जी’ सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरेर उनीहरुलाई तालिम दिइ तयार गरिसकेको उनले प्रष्ट गरे । रेल्वेमा कर्मचारी भर्नागर्ने क्रममा महाप्रबन्धक झाले मनपरी गरेको र आर्थिक चलखेल समेत भएको आरोप लाग्दै आएको छ ।

२०७८ फाल्गुन १, आईतवार ०६:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय