धनुषाः आज मधेश प्रदेशको प्रदेश सभा बैठक बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बैठक बस्नेछ।

आजको प्रदेश सभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ।

गत माघ २६ गते बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका थिए।

यसअघि फागुन १ गते आह्वान गरिएको प्रदेश सभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो।

२०७८ फाल्गुन १०, मंगलवार ०७:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय