काठमाडौं : वैशाख ३० गते ताेकिएकाे स्थानीय तहकाे निर्वाचनविरुद्व दर्ता भएकाे रिटमा आज सुनुवाइ हुँदै छ। महाेत्तरीकाे भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेकाे रिटमा पहिलाे पेसी आजलाई ताेकिएकाे छ।

२०७४ मा अजाेजमा निर्वाचित भएकाले सविधानले ताेकेकाे पाँच वर्ष कार्यकाल नपुग्ने भएकाले वैशाख ३० काे निर्वाचन संविधान विपरित हुने उनकाे जिकिर छ।

तीन चरणमा सम्पन्न भएकाे निर्वाचनमा दाेस्राे र तेस्राे चरणमा निर्वाचित पदाधिकारीकाे पाँच वर्ष नपुग्ने दावी रिटमा गरिएकाे छ। यसअघि प्रशासनले दरपिठ गरेकाे रिटविरुद्ध इजलासमा निवेदन दिएपछि दर्ता गर्न आदेश भएकाे थियाे। आजको सुनुवाइले माग अनुसार अन्तरिम आदेश जारी गरेमा स्थानीय निर्वाचनमा असर पर्नेछ।

२०७८ फाल्गुन १०, मंगलवार ०८:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय