जनकपुरधाम : जिल्ला महोत्तरी रामगाेपालपुर नगरपालिका वडा न.-९ बसवीट्टी निवासी ३४ बर्षकाे सराेज यादव जाे ४ बर्ष पहिला कार्तिक पुर्णिामाकाे दिन धनुषा काे कमला नदिमा स्नान गरेर घर फर्कने बेलामा चढेको गाडी एक्कासि दुर्घटना भएका थिए ।

दुर्घटनामा सराेज यादवकाे दायाँ खुट्टाकाे हड्डी भाच्चिन पुग्यो, यादवसँग भएको धन सम्पत्ति सबै बेचेर लगभग अहिलेसम्म २५ लाख जतिकाे खर्च भैसकेको छ,तर अहिले सम्म पनि निकाे भएको छैन, झन समस्या बढ्दै गएको छ,पैसाकाे अभावले यादवको खुट्टा काटेर फाल्ने अवस्थामा आई पुगिसकेको छ ।

आर्थिक अवस्था अहिले धेरै नै कम्जोर भएको कारण यादवलाइ आर्थिक सहयोगको लागि नाैसय विघा समाज सहयोग युवा समूह सँग सहयोगकाे अपिल गरेका थिए।

पिडित यादवकाे अपिल स्विकार्दै नाैसय विघा समाज सहयोग युवा समुहद्वारा न्यानो माया सानाे सहयोग स्वरुप शुक्रबारका दिन नगद रु. २० हजार ५१ रुपैया आर्थिक सहयोग गरेकाे समुहको संयाेजक विजय कुमार मण्डलले जानकारी गराएको छ।

सेवा र सहयोग नै मानव धर्म हो मुलमन्त्र मान्दै , सामाजिक उदेश्यहरु प्रती काम गरिदै, आई रहेका र देशमा अशाय निसाय,वा बिरामी जस्ता समस्या ग्रसित परिवारहरु लाई साथ सहयोग तथा आर्थिक सहयोग गरिदै आईरहेका छन ।

समाजिक युवा सहयोगी मनहरूलाई अग्रतामा राखेर यो समुह प्रमुख भुमिका निर्वाह गर्दै आएको छ।

उक्त सहयोगको रकम अशाेक कुमार मण्डल, जय नारायण शर्मा, अन्टेश कुमार यादवले जनकपुरकाे मुजेलिया-१४ मा गएर पिडीतलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

sahyog_nepalvani (1)

२०७८ फाल्गुन १४, शनिबार १३:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय