जनकपुरधाम : धनुषामा बालुवा लाेड गरेकाे ट्रयाक्टरले तीन पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाकाे मृत्यु भएकाे छ भने दुईजना घाइते भएका छन् ।

हुलाकी राजमार्गअन्तर्गत कमला नगरपालिका-४ मा शुक्रबार दिउँसो ज.१ त ७१५८ नम्बरकाे ट्रयाक्टरले पैदल यात्री तीनजना महिलालाई एकैपटक ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करले स्थानीय ४५ वर्षीया लिलादेवि अरगरियाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

ट्रयाक्टरको ठक्करबाट ६५ वर्षीया सकुन्तीदेवि साह र ५५ वर्षीया देवकुमारी मुखिया गम्भीर घाइते भएकी छन् । दुवैलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको धनुषा प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

२०७८ फाल्गुन २०, शुक्रबार १८:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय