काठमाडौं : इन्धनमा भएको मूल्य वृद्धिअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधनको भाडा बढाउन व्यवासयीहरुले माग गरेका छन् ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । सरकारले १ साउनमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार नै भाडा कायम गर्न समितिले १५ दिनको म्याद दिएको छ । आफूहरुको माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

निगमबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको अनुपातमा ढुवानी भाडा कायम हुनुपर्ने समितिका अध्यक्ष एवं नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुसप्रसाद मल्लीले बताए । १५ दिन भित्र माग सम्बोधन नभए आन्दोलमा गर्न बाध्य हुने उनको भनाइ छ ।

पेट्रोलियम ऐन बनाई लागू गरिनुपर्ने, निगमको एलपीजी विनियमावली, बिक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायी संस्थाको सुझाव परिमार्जनसहित संशोधन गर्नुपर्ने उनले बताए ।

२०७८ फाल्गुन २०, शुक्रबार २०:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय