जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन ।

पछिल्लो मत परिणाम अनुसार मनोज साहले २९०२ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह हिराले ११८८ मत ल्याएर पछ्याई रहेका छन ।

त्यस्तै स्वतन्त्रका उम्मेदवार बलराम महतोले ७४४ मत, लोसपाका मनोज चौधरीले ६२७ र सत्ता गठबन्धनका उम्मेदवार लालकिशोर साहले ३६३
मत र स्वतन्त्रका जानकीराम साहले २९६ मत ल्याएका छन ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका किशोरी साहले २६३१, नेकपा एमालेकी रूणा झाले १३४४, स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ९४३ र
लोसपाकी रिता कुमारी मिश्रले ६७८ मत ल्याएकी छन् ।

२०७९ जेष्ठ २, सोमबार २०:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय