काठमाडौं : विवाहपछि एक जोडी हनिमुन मनाउन गए । दुवै जना गल्फ बग्गीमा सवार भएर टापुमा यात्रा गरिरहेका थिए । श्रीमानले यू टर्न लिने क्रममा अचानक गाडी पल्टिएपछि श्रीमतीको मृत्यु भएको हो ।

२९ वर्षीया मरिना मोर्गन आफ्ना पति रोबीसँग एक ‘ड्रिम होलिडे’ मनाउन गइन् । यसै क्रममा उनको बग्गी पल्टियो । रोबी आफैं चलाउँदै थिए, तर उनलाई केही भएन। जबकि यस घटनामा उनकी श्रीमतीको मृत्यु भएको थियो ।

घटना अस्ट्रेलियाको हो । घटना क्वीन्सल्याण्डको ह्यामिल्टन आइल्याण्डको ह्वाइटसन्डे बुलेभार्डमा भएको हो । एक डाक्टर, अफ ड्युटी डेन्टिस्ट र अफ ड्युटी फायर फाइटरले मरिनालाई बचाउन सक्दो प्रयास गरे। उनीहरूले महिलालाई ३५ मिनेटसम्म सीपीआर दिए तर उनलाई बचाउन सकिएन ।

सिड्नीमा बस्ने यो जोडीको १० दिनअघि विवाह भएको थियो । प्रहरी निरीक्षक एन्थोनी कोवानले यो निकै दुखद दुर्घटना भएको बताए । सञ्चारमाध्यमसँग कुरा गर्दै उनले मादक पदार्थ सेवन गरेर खतरनाक सवारीसाधन चलाएको कुनै प्रमाण नभेटिएको बताए ।

प्रहरी निरीक्षकले थप भने–यसरी सवारी साधन चलाउने अनुभव नहुँदा यस्तो घटना भएको हो । यू-टर्न लिनको लागि धेरै हतारमा गाडी मोडियो र पल्टियो।

इन्स्पेक्टर एन्थोनीका अनुसार घटनाका बेला महिलाले सिट बेल्ट लगाएकी थिइनन् । उनले रोबीले यु-टर्न लिएको र गाडीको ब्याट्री सकिएको र चार्जिङ प्वाइन्टमा फर्किनुपर्ने भएकाले त्यसो गरेको पनि बताए ।

म्याके जिल्लाका लागि क्वीन्सल्याण्ड एम्बुलेन्स सेवाका कार्यवाहक निर्देशक, ग्रीम म्याकइन्टायरले भने कि प्यारामेडिक्स केही मिनेटमा त्यहाँ पुगेका थिए। महिलाको हृदयघात भएको थियो । उनलाई ३५ मिनेटको लागि सीपीआर दिइएको थियो तर उनीहरू असफल भए ।

ह्यामिल्टन आइल्याण्डले एक विज्ञप्ति जारी गरी घटनाको पुष्टि गरेको छ र मृतक महिला र उनका साथीहरूप्रति समवेदना व्यक्त गरेको छ।


२०७९ असार ११, शनिबार ०७:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय