
काठमाडौं : मिटरब्याजीविरुद्ध ४१ दिनदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ। सोमबार माइतीघर आउन लागेका उनीहरुलाई प्रहरीले लाठी चार्ज गरेको हो।
बसेको स्थान चन्द्रागिरी- १५ तीनथानाबाट निस्किन नदिएपछि प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट एक दर्जन प्रदर्शनकारी घाइते भएका छन्। उनीहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ।
प्रहरीले माइतीघर आउन नदिएपछि पीडितहरु सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्। प्रहरीले उनीहरुलाई नियन्त्रणमा समेत लिएको छ। मिटरब्याजीलाई हदैसम्मको कारबाही हुनुपर्ने र आफूलाई सरकारले न्याय दिलाउनुपर्ने पीडितको माग छ।
तस्बिर : राजकरण महतो