सर्लाही : जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा एक महिलाले गरिन आत्महत्या सर्लाहीको मलंगवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन।

मृत भेटिएकी महिला जिल्लाको चक्रघटा गाउँपालिका वडा नम्बर ८ औरही कि ४० वर्षिय हजरत खातुन रहेको प्रहरीले जनाएको छ।

खातुनलाई सशस्त्र प्रहरिले गत श्रावान २ गते नेपाल भारतको सिमा क्षेत्रमा अवस्थित झिलमिलिया माइ बोर्डरबाट गहना र अबैध रकमसहित पक्राउ गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो। उनको साथबाट प्रहरीले १८७.७७ ग्राम चादी र ७.०७ सुनका साथै ५ लाख ४ हजार नगद प्रहरीले बरामद गरेको थियो।

गए राति खातुनले हिरासत कक्षमा रहेको शौचालयमा आत्माहत्या गरेको प्रहरीले जनाएको छ। अहिले उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा लगिएको र यस घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले बताउनु भयो।

२०८० श्रावण ५, शुक्रबार ११:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय