सर्लाही : विद्यालय शिक्षा विधेयक २०८० का केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शुक्रबार आन्दोलन घोषणा गरेको छ । महासंघले विधेयकमा परिमार्जनको मागसहित विरोध कार्यक्रम घोषणा गर्दै आज पालिका स्तरीय धर्ना सुरु गरेको हो ।

अहिले पनि सर्लाहीका विभिन्न पालिका जस्तै बसवरिया,चक्रघट्टा,रामनगर,बिष्णु,धनकल लगायत अन्य पालिकाहरुका शिक्षकहरु धर्नामा बसेको बसबरिया गाउँपालिकाका एक प्र.अ चन्द्रकिशोर यादवले बताउनु भयो

माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहमा रहने संविधानको व्यवस्थाप्रति असन्तुष्ट महासंघले विधेयकका व्यवस्था सुधार गरेर मात्र प्रक्रिया अघि बढाउन सरकारलाई चेतावनी दिएको छ । विद्यालय शिक्षाको अधिकार संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखेर त्यसैअनुसार विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने महासंघले बताइन् । गाउँपालिकामा महासंघले भने शिक्षा ऐन जारी गर्दा स्थानीय तहको एकल अधिकार सूचीमा हस्तक्षेप नगर्न संघीय सरकारलाई आग्रह गर्दै आएको छ । शिक्षक महासंघले शिक्षक हकअधिकार, सेवासुविधाका कुरा पनि विधेयकमा समेटिनुपर्ने माग राख्दै धर्नामा बसेका छन ।

साउन ३० गते जिल्लामा र ३२ गते प्रदेशमा पनि आन्दोलन गर्ने तैयारी रहेको महासंघले बताए ।

२०८० श्रावण २८, आईतवार १४:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय