गोविन्द महतो / जनकपुरधाम

मधेश प्रदेशको नीति आयोगमा डा. सोहन प्रसाह साह नियुक्त भएका छन् । मधेश प्रदेश सरकारमा फेरबदलसंगै जनमत पार्टीको तर्फबाट डा. सोहन प्रसाद साह नियुक्त भएका हुन् ।

मुख्यमन्त्री सतिष कुमार सिंहले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सोहन प्रसाद साहलाई नियुक्त गरेका हुन् । तत्कालिन जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार डा. साह नीजि तथा योजना आयोगको सदस्य थिए ।

जसपा नेतृत्वको सरकारमा जनमतका मन्त्रीहरु बाहिरिएपछि नीति आयोगका सदस्य डा. साहले राजिनामा गर्ने तयारी गरेपनि राजिनामा बुझाउन एक दिन अगाबै उनलाई बर्खास्त गरेका थिए ।

यस अघि मधेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नाथु प्रसाद चौधरी थिए ।

डा. साहले प्रदेशका जनताको चाहना प्रदेशको आवश्यकता, चाहना अनुसार कृषि, शिक्षा र रोजगारीको सबालमा ठोस नीति बनाउने जिम्मेवारीलाई निर्वाह गर्न प्रतिबद्ध रहने बताए ।

२०८१ असार ६, बिहीबार १६:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय