नेपालवाणी नेटवर्क
जनकपुरधाम, श्रावण ।

नेपाल चिकित्सक संघको आडमा गुण्डा लगाएर रेडक्रसका चिकित्सक तथा कर्मचारीमाथि गरिएको हातपात प्रति घोर भत्र्सना गरेको छ । नेपाल रेडक्रस सोसाईटी श्री जानकी आँखा अस्पताल जनकपुरधाम डियूटीमा कार्यरत चिकित्सक तथा जिम्मेवार अधिकृत उपर भएको हातपात, धम्कीपूर्ण व्यवहार तथा गुण्डा लगाएर गरिएको तोडफोडको घटनाप्रति घोर भत्र्सना गरेको हो ।

नेपाल चिकित्सक संघको आडमा गुण्डागर्दी शैलीमा जानकी आँखा अस्पताल जस्तो पवित्र तथा संवेदनशिल स्थानमा सेवाग्राहीको सेवा तथा सुझाव दिईरहेको बेलामा अराजक मच्चाउनु दण्डहिनताको पराकाष्ठा हो । विगत ४० वर्ष देखि आँखा स्याहार जस्तो मानवीय सेवा पुर्याउँदै आएको जानकी आँखा अस्पतालमा एक अराजक समूहले मेडिकल सुपरिटेन्डेन्ट डा. आशिष बोहरा र प्रशासकीय अधिकृत दीपेन्द्र सिंहलाई हातपात गरी आक्रमण गर्नु घोर निन्दनीय रहेको कर्मचारीहरुको ठहर छ ।

नेपाल चिकित्सक संघको आडमा गुण्डा लगाएर चिकित्सक माथि अमानवीय व्यवहार, धम्की तथा कुटपिटको घटनाका साथै अस्पतालको ढोका र उपकरणहरुमा समेत तोडफोड गर्नु संवेदनाहिनताको पराकाष्ठा भएको जनाएको छ । अस्पताल भित्र प्रवेश गरी हातपात, धम्कीपूर्ण व्यवहार तथा गुण्डा लगाएर गरिएको तोडफोडको घटना अमानवीय र निन्दनीय भएको ठहर गर्दै यस्तो कार्यमा संलग्न सल्लाहकार र दवाव समूहलाई कारवाही गर्न माग गरेको छ ।

नेपाल चिकित्सक संघको नामधारी अस्पतालसम्वद्ध सरोकारवालाहरु, केही पूर्वकर्मचारीहरु, घटनामा संलग्न केही हले अन्य नीजी अस्पतालको स्वार्थमा लागेका चिकित्सकहरु र उक्साउने व्यक्तिहरुमाथि तत्काल कानुनी कारवाहीको माग गर्न नेपाल रेडक्रस सोसाईटी कर्मचारीद्वारा विज्ञप्तिमा उल्लेख छ । आँखा सेवालाई व्यापारिकरण गर्न उद्यत केही स्थानीय नीजि अस्पतालको स्वार्थ परिपूर्ति गर्न प्रेरित समूहको प्रयत्नहरुलाई निस्तेज गर्न समेत अपील गरेको छ ।

दैनिक ५०० भन्दा वढी विरामीहरुको ओपिडी सेवा, शल्यक्रिया, अन्तरंग सेवा साथै, आपत्कालिन सेवामा तल्लीन जानकी आँखा अस्पतालका चिकित्सक, प्राविधिक र प्रशासनिक कर्मचारीहरुमाथि परेको मानसिक त्रासलाई तत्काल सम्वोधन गर्न स्थानीय प्रशासनसंग माग पनि गरेको छ । साथै शान्ति सु–व्यवस्था कायम गर्न नसकिए र शान्ति सुरक्षाको वातावरण नभए विरामीहरुको सेवामा गम्भीर असर पर्ने भएको सबैको जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने जनाएको छ ।

स्थानीय समाजसेवी, सुरक्षा निकाय, राजनीतिकर्मी लगायत स्थानीय जनताबाट यस अस्पताललाई हाल सम्म प्राप्त सहयोग प्रति हामी आभार व्यक्त गर्र्दै थप सहयोग मागेको छ ।

२०८१ श्रावण ६, आईतवार १४:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय