
सर्लाही : सर्लाहीको चक्रघट्टा गाउँपालिका-३,सुन्दरपुर स्थित ढेंग्रा खोलामा डुबेर एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए।।
मृत्यु हुनेमा स्थानीय संजिब रायको ३ वार्षिय छोरा अंशु कुमार यादव रहेको छ ।
घटना लगत्तै बालकलाई उदार गरि उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक बालकको शव अहिले प्रादेशिक अस्पतालमै पोस्टमार्टमका लागि राखिएको प्रहरीले बताए।