
सर्लाही : सर्लाहीको दक्षिणी भेग बलरा न.पा. -१ हथिऔलमा आज खोलामा डुबेका बालिकाहरुलाई बचाउन जादा वृद्धकै डुबेर मृत्यु भएको छ ।
सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने बलरा न.पा –१, हथिऔलमा बिहान १० बजेतिर घाँस काटेर घर फर्किरहेका बालिकाहरु मनुष्मारा खोलामा डुबेको देखेपछि उद्धार गर्न पुगेका वृद्धको नै डुबेर घटनास्थलमै मृत्यु भएको हो । बालिकाहरुलाई बचाउन भनी खोलामा पसेका स्थानीय ६० वर्षीय गजेन्द्र साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खोलामा डुबेर अजय गिरीकी १२ वर्षीया छोरी निशाकुमारी गिरी बेपत्ता छिन् । बेपत्ता निशाकुमारीको खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छ्न ।
मृतक साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको प्रहरीले जनाएको छ ।