विशाल बस्नेत,
महोत्तरी : 
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मुल्यांकनमा महोत्तरीका स्थानिय तहहरु कमजोर देखिएका छन ।

स्थानिय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सुचक तथा विवरणको आधारमा आईतवार प्रकाशित मुल्यांकनमा जिल्लाका अधिकांश स्थानिय तह कमजोर देखिएका हुन । कतिपय स्थानिय तहहरुले सवैभन्दा धेरै अंक ८० ल्याएतापनी महोत्तरीका स्थानिय तह भने ४७.३३ भन्दा माथी उक्लन सकेका छैनन ।

४७.३३ अंक ल्याएर जिल्लामा नै पिपरा गाउँपालिका पहिलो वनेको छ । सवैभन्दा कम अंक ३०.७० ल्याउनेमा  सोनमा गाउँपालिका वनेको छ ।

पिपरापछी बर्दिवास नगरपालिका ४६.८५ अंक ल्याएर जिल्लाको नै दोश्रो वनेको छ । त्यसपछि क्रमश महोत्तरी गाउँपालिकाले ४६.६६, भंगाहा नगरपालिकाले ४६.२०, लोहारपट्टी नगरपालिकाले ४४.८३, मनरासिस्वा नगरपालिकाले ४३.०३ प्रतिशत अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।

त्यस्तै रामगोपालपुर नगरपालिकाले ४२ अंक, जलेश्वर नगरपालिकाले ४१.०१, सम्सी गाउँपालिकाले ४०.६९ अंक, बल्बा नगरपालिका, औरही नगरपालिका  र एकडारा गाउँपालिकाले ३९ अंक, मटिहानी नगरपालिकाले ३६.३१ अंक प्राप्त गरेको राजेश्वरी खत्री सापकोटाले जानकारी दिइन ।

वित्त आयोगले विभिन्न १७ वटा सुचकको आधारमा कार्यसम्पादन मूल्याकंन गरेको थियो । निर्धारित समयमा गाउँसभा, नगरसभा नगरेको देखि विधुतिय अनलाइन पोर्टलमा कार्यसम्पादन सुचक सम्बन्धि विवरण तोकिएको अवधीमा प्रविष्टि नगरेको विषयलाई समेत सुचकमा अंकभार निर्धारण गरेको छ ।

यो सुचकमा त बर्दिवास, औरही, भंगाहा, बल्वा, एकडारा, महोत्तरीले त  शून्य अंक प्राप्त गरेका छन ।

१७ वटै सुचकमा जिल्लाका स्थानिय तह कमजोर वनेसगैँ आयोगको सिफारिशमा प्रदेश र संघ सरकारले आर्थिक बर्ष २०८१/८२ मा उपलब्ध गराउने वित्तिय समानिकरण अनुदान कटौती हुनेछ । न्यूज कारखाना

 

२०८१ फाल्गुन २६, सोमबार ११:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय