वैचारिक कामप्रति उदासिनता बढेको सहभागीको चिन्ता

भूमिका उपाध्याय

महोत्तरी, ३ जेठ ।

राजनीतिक क्षेत्रमा वैचारिक बहस र प्रशिक्षणमूलक गतिविधि दिनानुदिन घट्दै गएको बारे गम्भीर चिन्ता व्यक्त भएको छ । आज शनिबार ३२ औं मदन आश्रित स्मृति दिवसका अवसरमा मदन भण्डारी फाउण्डेशन महोत्तरी समितिले आयोजना गरेको ‘कम्युनिष्ट पार्टीको लोकतान्त्रिककरणमा जबजको योगदान’ विषयक अन्तर्कृयात्मक गोष्ठीका सहभागीले यस्तो चिन्ता व्यक्त गरेका हुन् । महोत्तरीको सीतापुरमा आज फाउण्डेशनले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा फाउण्डेशनका मधेश प्रदेश समिति सदस्य तथा महोत्तरी इञ्चार्ज गोपाल बरालले नेपालको वामप्रजातान्त्रिक आन्दोलनमा जननेता मदन भण्डारीको वैचारिक योगदानबारे प्रकाश पार्नुभयो । नेकपा एमालेको पाचौं महाधिवेशनले पारित गरेको जनताको बहुदलीय जनवादी कार्यक्रमका विशेषताबारे बरालले प्रकाश पार्नुभयो । जनताको बहुदलीय जनवादी कार्यक्रमले नेपालको मात्र नभइ दक्षिण एसियाकै वाम आन्दोलनलाई लोकतान्त्रिककरण गर्न र त्यससम्बन्धी बहस बढाएको बरालको भनाइ छ ।

कार्यक्रममा नेकपा (एमाले) का नेताहरुले वैचारिक सुदृढिकरणको आवश्यकतामा जोड दिनुयो । त्यस अवसरमा मधेश प्रदेशका सदस्यहरुले सघन रुपमा विचार र इमानको जाँच हुने प्रकृतिका कार्यक्रमको संयोजनमा पार्टी पङ्तिको ध्यानाकर्षण गराउनुभयो । सो अवसरमा पार्टीका प्रदेश कमिटीका सदस्यहरु शारदा थापा, शङ्कर महतो , नागेन्द्र चौधरी, एमाले जिल्ला अध्यक्ष बलिराम यादव र उपाध्यक्ष अम्बिका गौतमसहितले स्व. मदन भण्डारीको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पार्नुभयो ।

यसैगरी कार्यक्रममा एमाले नेताहरु नरबहादुर स्याङ्दान, भीम आलेसहितका वक्ताले क. मदन भण्डारीले प्रतिपादन गर्नुभएको जबज कार्यक्रमले जनमतबाटै श्रेष्ठता हासिल गर्ने अठोट त्यतिखेर नौलो भएपनि एमालेले यसलाई स्थापित गरेर अघि बढेको उहाँहरुले बताउनुभयो ।

कार्यक्रम फाउण्डेशनका जिल्ला अध्यक्ष अरुणकुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।


२०८२ जेष्ठ ४, आईतवार १०:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय