
महाेत्तरी, १९ साउन ।
महाेत्तरीमा प्रहरीले ठूलाे परिमाणमा गाँजा बरामद गरेकाे छ । हिजाे आइतबार साँझ लागुऔषध नियन्त्रण ब्युराे बर्दिबास शाखाले जिल्लाकाे रामगाेपालपुर -५ मुख्यचाेकमै एउटा ट्रकमा गरेकाे चेकजाँचकाे क्रममा चार क्विण्टल ६५ किलाेग्राम (४६५ किलाेग्राम) लागुऔषध गाँजा बरामद गरेकाे हाे ।
सिन्धुलीतिरबाट बर्दिबास हुँदै भारत पुग्ने क्रममा रहेकाे ना ६ ख २९१९ नम्बरकाे ट्रक चेकजाँच गर्दा साे परिमाणकाे गाँजा बरामद भएकाे ब्युराे शाखा प्रमुख तथा प्रहरी नायव निरीक्षक सराेज अधिकारीले जानकारी दिनुभयाे ।गाँजा राताे प्लाष्टिकमा पाेकाे बनाइ सेताे बाेरामा राखिएकाे बरामद भएकाे हाे । यस्ता गाँजाका १० पाेका बरामद भएका हुन् ।
ट्रकमा गाँजा भेटिनासाथ इलाका प्रहरी कार्यालय रामगाेपालपुरकाे थप मद्दत लिइ गाँजासहितकाे ट्रक र चालक नियन्त्रणमा लिइएकाे ब्युराे शाखाले जनाएकाे छ । नियन्त्रणमा लिइएका चालक मकवानपुर जिल्ला राक्सीराङ् -५ का २६ वर्षीय मानबहादुर माेक्तान रहेका प्रनानि अधिकारीले बताउनुभयाे ।
बरामद गाँजा, ट्रक र चालकलाई आइतबार साँझ नै इलाका प्रहरी कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय महाेत्तरीमा बुझाइएकाे ब्युराे बर्दिबास शाखाले जनाएकाे छ ।
ब्युराेले आइतबार दिउँसाेमात्र गत आर्थिक वर्ष २०८१/०८२ मा करिब तीन कराेड मूल्यबराबरकाे विभिन्न खालका लागुऔषध बरामद भएकाे जानकारी दिएलगत्तै साँझ थप परिमाणकाे गाँजा बरामद भएकाे हाे ।
मकवानपुर, सिन्धुली र सिन्धुपाल्चाेकसहितका पाहाडी जिल्लाबाट बर्दिबासहुँदै तस्करहरुले गाँजा भारत पुर्याउने गरेका प्रहरी अधिकारीकाे भनाइ छ । पछिल्लाे एक वर्षयता बर्दिबासमा ब्युराे शाखाकाे सकृयताले लागुपदार्थ दुर्व्यशन र काराेबारविरुद्ध प्रहरीले खाेज अभियान अघि बढाएकाे छ ।