कार्तिक २२ गते, शनिबार

सर्लाही स्थित चुरेभेगमा पर्ने लालबन्दी नगरपालिका–१५, देउराली जंगलमा आज दिउँसो एक पुरुष शव फेला परेका छन् ।

लालबन्दी १६ परवानीपुर पक्का बाँध निवासी ५३ वर्षीय भरत बस्नेत लालबन्दी १५ को भूमराबाट देउराली गाउँ जाने बाटोको जंगलमा मृत फेला परेका हुन् । बाटो छेउकै जंगलमा बेवारिसे पुरुषलाई मृत फेला पारेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

मृतकको छोरा आएर शवको सनाखत गरेपछि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको इलाका प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

परिवारका अनुसार बस्नेत अत्यधिक मदिरा सेवन गरेर हिँड्ने गरेका थिए ।


२०८२ कार्तिक २२, शनिबार १९:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय