एजेन्सी : कृषि कानूनको विरोधमा किसानहरूले आज भारतमा आमहड्ताल गरेका छन् ।

कृषि कानूनको विरोधमा १३ दिनअघि सुरू आन्दोलनलाई केन्द्र सरकारले वेवास्ता गरेपछि किसानहरूले आमहड्ताल घोषणा गरेका हुन् ।

किसान आन्दोलमा १८ वटा राजनीतिक दलले पनि ऐक्यवद्धता जनाएका छन् । किसान नेता बलवीर सिंह राजोवालका अनुसार साँझसम्म नै बन्द भए पनि चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिनेछ।

बन्दमा दूध-सब्जी पनि आपूर्ति रोक्न आह्वान गरिएको छ । तर अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह भने नरोकिने उनले जनाए ।

केन्द्र सरकारले जारी गरेको कानूनले संयुक्त रूपमा कृषि उत्पादनको विक्री, मूल्य निर्धारण र भण्डारणसम्बन्धी नियमलाई खुकुलो बनाएको छ । जसले कृषि क्षेत्र पूँजीपति या व्यवसायिक घरानालाई सुम्पिने नियत रहेको किसनाहरूको आरोप छ । यसले कृषकहरूलाई खुला बजारमा सहज पहुँच उपलब्ध गराउन पनि मुस्किल पार्ने ठानिएको छ।

२०७७ मंसिर २३, मंगलवार ०७:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय