कमलेश ठाकुर 

जनकपुरधाम : जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन तयार भएको छ । ०६९ सालेदखि निर्माणाधीन भवन ५० करोडको लागतमा निर्माण सम्पन्न भएको हो। विमानस्थल प्रमुख किरण गौतमले निर्माण कार्य सुरु भएको आठ वर्षपछि ५० करोड़को लागतमा पप्पु कन्ट्रकशन र केविन डालवा उमा एण्ड कम्पनीले निर्माण गरेको जानकारी दिए ।

पप्पुले संरचना मात्रै तयार गरको भन्दै बाँकी काम गर्न ढिलाई गरपछि को विन कन्ट्रकशनले गरको उनले बताए । ०६९ असोज १५ गते पप्पु एन्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्यन प्राधिकरणबीच डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। तर, पप्पुले अनेक बहाना गर्दै समयमा काम सम्पन्न गर्न सकेन । सरकारले ०७४ मा पप्पुसंग गरको सम्झौता रद्द गररे पुन: टेण्डर अह्वान गरको  थियो।

दोस्रो पटक ६ करोड रकम थपेर टेण्डर कबुल गरको  केविनले समयमै काम सम्पन्न गरको  उनको  भनाइ छ । अहिले तीनतल्ले सुविधा सम्पन्न भवन तयार भएको छ । विगतमा साँघुरो भएको बेला यात्रुसंगै कर्मचारीलाई पनि निकै सास्ती भएको कर्मचारीहरूको भनाइ छ । अब भवनमा डिजिटल दृष्य देखिने मेसिनसहित पार्किङको राम्रो व्यवस्था भएको हुनाले कुनै प्रकारको कठिनाइ नहुने जनाइएको छ ।

कोरोना महामारीमा निकै सास्ती भएको भन्दै अव यस प्रकारको समस्या नआउने बुझिएको छ । ०२४ सालमा भारत सरकारको सहयोगमा जनकपुरधाम विमानस्थल सञ्चालनमा आएको थियो। जनकपुरबाट अहिले दैनिक ५ उडान काठमाडौं ओहोर दोहोर भइरहेको छ । बुद्ध एयरको तीन, यती एयरको एक र श्रीएयर लाइन्सको एक गरी पाँचवटा फ्लाइट दैनिक सञ्चालनमा छ ।

संरचना छ तर रात्रिकालीन उडान भएन

संरचना छ तर रात्रिकालीन उडान भएन जनकपुर विमानस्थलमा रात्रिकालीन उडानको तयारी भएपनि उडान भने अझै हुन सकेको छैन । ०७४ पुस १७ गते रात्रिकालीन उडानका लागि सफल परीक्षण भयो। तयारी सम्पन्न भएको तीन वर्ष बित्न लागेपनि रात्रिकालीन उडान सुरु हुन सकेको छैन । रात्रिकालीन उडानका लागि आवश्यक पर्ने बत्ती जडान लगायतको प्रकृया पूरा भएपनि सञ्चालन हुन नसकेको प्रमुख गौतमले जानकारी दिए । रात्रिकालीन उडान सुरु नहुँदा यात्रुलाई कठिनाई भइरहेको छ ।

विमानस्थलमा रहेको समस्याबारे उल्लेख गर्दै प्रमुख गौतामले एम्बुलेन्स अभाव रहेको बताए । ‘यहाँ एम्बुलेन्स अभाव देखिएको छ । तर, एम्बुलेन्स ल्याउने प्रकृया सुरु भइसकेको छ,’ उनले भने, ‘बारुणयन्त्र छ । छिट्टै जनकपुरधाम विमानस्थलमा एम्बुलेन्स पनि हुनेछ ।’

जनकपुरधाममै रिफ्युलिङ

जनकपुरधाममै रिफ्युलिङ जनकपुर विमानस्थलमा नै हवाई इन्धन रिफ्युलिङ स्टेशनको स्थापना भएको छ । स्थापना भएको पाँच दशकपछि गत माघमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादबले विमान स्थलमा रिफ्युलिङ स्टेशनको उद्घाटन गरका थिए ।

निगमले विमानस्थलकै भवनमा तत्काल ४१ हजार लिटर क्षमताको दुई ट्यांकर इन्धन राखिएको छ । विमान स्थलमै डिपो स्थापनाका लागि प्रक्रिया अगाडि बढेको छ । नागरिक उडड्यन प्राधिकरणले डिपो स्थापनाका लागि नेपाल आयल निगमलाई ५ कठा जग्गा समेत उपलब्ध गराएको छ । एक सय ४० किलोलिटर क्षमताको डिपो दुई वर्षभित्रै स्थापना गर्ने लक्ष्य सरकारको छ ।

२०७७ मंसिर २३, मंगलवार ०८:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय