सिरहा : सिरहाका कोरोना सङ्क्रमित युवाको कन्ट्याक ट्रेसिङ आधारमा आज ७० जनाको स्वाब सङ्कलन गरिएको छ । सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ लतियाहीका ३० वर्षीय युवकमा गत जेठ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

चिकित्सकको टोलीले कोरोना सङ्क्रमित ती युवकका परिवारका सदस्य, साथीभाइ तथा कन्ट्याकमा आएका ७० जनाको आज स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिनुभयो । यस्तै जिल्लाको भगवान्पुर, नवराजपुर र बरियारपट्टीलगायत स्थानको क्वारेन्टिनमा रहेका समेत गरी २१९ जनाको स्वाब सङ्कलन गरिएको प्रमुख यादवले बताउनुभयो । कोरोना सङ्क्रमित युवकको सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई मेमोरियल अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

ती युवकमा कोरोना सङ्क्रमण भेएिपछि गाउँपालिकाको समन्वयमा प्रशासनले युवक गाउँ र त्यसआसपासको क्षेत्रलाई सिल गरेको थियो । साथै जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लामा अनिश्चितकालिन निषेधज्ञासमेत जारी गरी चारैतर्फको सीमा बन्द गरिएको छ । गत फागुन २८ गते मलेशियाबाट घर आएका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाँैमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसैबीच विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले सिरहाको एक मात्र कोरोना सङ्क्रमित ती युवकको गाउँको निरीक्षण गरेको छ ।

२०७७ जेष्ठ ७, बुधबार ११:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय