काठमाडौं : विहीबार साँझ नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित व्यक्ति दाङको घोराही-३ का ३७ वर्षीया पुरुष हुन् । उनी भारतबाट आएर क्वारेन्टाइनमा रहेका व्यक्ति भएको सहप्रवक्ता अधिकारीले बताए ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमित मध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना निको भएर घर फर्किएका छन् । हालसम्म ३८ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।

२०७७ जेष्ठ ८, बिहीबार २०:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय