काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । आज थप ७२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६७५ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ३७ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ५ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२०७७ जेष्ठ १२, सोमबार १२:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय