जनकपुरधाम : धनुषा जिल्ला स्थित जटही नाकामा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । लकडाउनको समयमा भारतबाट फर्किने क्रममा नेपाल-भारतको धनुषा जटही नाकामा बुधबार मृत्यु भएका युवकमा कोरोना रिपोर्ट नेगेटिभ पाईएको छ ।

धनुषाको सहिदनगर नगरपालिका ९ का २८ वर्षीय वीरेन्द्र यादवको बुधबार बिहान जटही नकामा मृत्यु भएको थियो । उनको कोरोना परीक्षणको रिपोर्ट निगेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । यादव घर आउने क्रममा भोकै ६ दिन पैदल हिँड्दै आएका थिए ।
भारतको गजरात राज्य स्थित भोपाल सुरतबाट छ दिन अगावै हिडेका यादव सहित डेढ सय जनालाई भारतीय प्रशासनले ट्रकमा हालेर जटही सम्म पु¥याएको थियो । सो दिनको भालीपल्ट बिहान सशस्त्र प्रहरीले च्युरा चाउचाउ खुवाउँदा तत्कालै वान्ता भई यादवको जटही नाकामै मृत्यु भएको थियो । मृत्युपछि प्रशासनले कोरोना परीक्षण गर्न जटही नाकाबाट उनको शव नेपाली सेनाले प्रादेशिक अस्पताल जनकपुरमा ल्याई स्वाब नमूना लिइएकोमा आज उनको रिपोर्ट नेगेटिभ आएको छ ।

उनको अकस्मात भोककै कारण मृत्यु भएको भन्दै उनीसँगै सीममा रहेका दुई सय भन्दा बढी नेपाली नागरिकले सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गर्दै सरकारी घेरा तोडी जनकपुर सम्म आईपुगेका थिए । चार महिनाअघि मजदुरी गर्न उनी भारतको गुजरात पुगेका थिए । कोरोना महामारीको कारण भारतमा समेत लकडाउन भएपछि उनी सहकर्मीसँगै पैदल हिड्दै घर फर्किरहेका थिए ।

यता वीरेन्द्रको मृत्युपछि शहिदनगर नगरपालिकाले क्रिया खर्चको लागि रु एकलाख रुपैयाँ प्रदान गरेको छ । मृतकका् परिवारलाई क्रिया खर्च स्वरुप एक लाख रुपैयाँ नगरपालिबाट दिने निणर्य भएको नगरप्रमुख उदय कुमार बरबरिया यादवले जानकारी दिए । मृतकको शव हाल प्रादेशिक अस्पताल रहेकोले तत्काल लगेर दाहसंस्कारको तयारी समेत गरिएको नगर प्रमुख बरबरियाले जानकारी दिए ।

२०७७ जेष्ठ १६, शुक्रबार २०:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय