सुर्खेत : कर्णाली प्रदेशसभाको आजको बैठकमा बोल्ने सभासदहरुले कोरोना भाइरसको जोखिम प्रदेशमा बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर बन्न नसकेको आरोप लगाउनुभयो । उहाँहरुले भारतबाट आएका व्यक्तिहरुमा कोरोनाको सङ्क्रमणको जोखिम उच्च रहेकाले उनीहरुलाई सुरक्षित रुपमा राख्ने, परीक्षण गराउने र सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश कोरोनाको भयावह अवस्थामा पुगेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको आजको बैठकमा उहाँले भारतबाट भित्रिएका नागरिकका कारण कोरोना फैलिएको जनाउनुभयो । भारतबाट आएका नागरिकहरुको लगत सङ्कलन गरी सीमा क्षेत्रमा क्वारेन्टिन बनाएर जाँच गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “कोरोना प्रतिकार्यमा हामीले सरकारलाई आवश्यक सहयोग दिन्छौँ भन्दै आए पनि सरकारले बेवास्ता ग¥यो ।

” सुर्खेत, दैलेख, सल्यान र कालीकोटमा एक हप्ताभित्रै १२३ जना कोरोना सङ्क्रमित भेटिनुले कर्णालीका अन्य जिल्ला पनि अछुतो नरहने भन्दै उहाँले यहाँका नागरिकको जीवन सुरक्षार्थ सरकारको ध्यानाकर्षण गराउनुभयो । अर्का सदस्य कुर्मराज शाहीले भारतका कारण नेपाल तथा कर्णाली प्रदेशमा कोभिड–१९ को सङ्क्रमण फैलिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “कर्णालीमा पछिल्लो समयमा भारतले बस्न नदिएर नेपाल आउन बाध्य पारिएका नागरिकहरुबाट कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।

२०७७ जेष्ठ १८, आईतवार २३:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय