जनकपुरधाम : नेपाल भारत सिमामा अलपत्र परेका नेपालीहरुलाई निःशुल्क खानाको व्यवस्था गरिएको छ । धनुषाको जटही नाकामा एक २८ वर्षिय युवाको भोकभोकै मृत्युपछि एक युवा व्यवसायीले निःशुल्क खानाको व्यवस्था गरेको छ । धनुषाको नगराईन नगरपालिका जटही नाकामै अलपत्र परेका नेपालीहरुको लागि निर्माण व्यवसायी राजु चौधरीले निःशुल्क खानाको व्यवस्था गरेको छ ।

नेपाल सरकारले नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धि आदेश, २०७७ मा नेपाल प्रवेश विन्दुको सुचिमा धनुषा जिल्लाको कुनै पनि नाका नपरेकोेले जटही नाकामा तीन दिन देखि अलपत्र परेका नागरिकलाई निःशुल्क खाना खुवाउँदै आएका छन् । ‘हिँडेर आएका पैदल यात्रुलाई नेपाल भारत सिमाको दशगज्जासंगै रहेको मन्दिर प्राङ्गणमा खानाको व्यवस्था गरेको छु’ व्यवसायी चौधरीले भने, ‘गत बुधवार सिमामा खाना नपाएर मृत्युवरण गरे जस्तो विपद् कसैको परिवाले अब अपरान्त भोग्न नपरोस भन्ने हाम्रो सोचाई छ ।’ चौधरीले भने ,‘भारतको सयौं किलोमिटर यात्रा गरेर नेपाली सिमासम्म आईसकेका नेपाली कोही भोकभोकै बस्न नपरोस, कोही ज्यान गुमाउन नपरोस् अब हरेकदिन यो सडकमा कोही भोकै हिँड्नु पर्दैन ।’
भारतमा श्रमिक स्पेशल रेल संचालन पछि नेपालीहरु दुई महिना लामो लकडाउनमा छिचोल्दै नाका सम्म आएपनि नेपाल छिर्न पाएका छैनन् । प्रदेश २ का प्रत्येक जिल्लाको मुख्य नाकाबाट नेपालीलाई ल्याउने क्रम जेठ ४ गते देखि सुरु भएदेखि अहिलेसम्म हजारौँ व्यक्तिहरु नेपाल प्रवेश गरी विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा बसिरहेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

धनुषाको जटही नाकाबाट विगत ६ दिनमा ६ सय २७ जना नेपाल प्रवेश गरेका छन् । भारतबाट आउने व्यक्तिहरुलाई सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कमा सामान्य स्वास्थ्य चेक गरी सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर क्वारेन्टाइनमा दुई सातासम्म राख्ने गरी पठाइने गरिएको छ ।

२०७७ जेष्ठ १९, सोमबार ०७:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय