पाल्पा: पाल्पा जिल्लाको स्थानीय निकायका एक जनप्रतिनिधिलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई अख्तियारको टोलीले आज बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट रु तीन लाख रकम बुझ्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगका सूचना अधिकारी सुरेश भुषालले जानकारी दिनुभयो ।

अख्तियारको नियन्त्रणमा परेका पुनले आफ्नो वडामा रहेको काठ लिलाममा ती ब्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरी बुझ्दै गरेको अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको सूचना अधिकारी भुषालले जानकारी दिनुभयो ।


२०७७ जेष्ठ २४, शनिबार १२:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय