काठमाडौं : परिवारसहित तीन दिनअघि मुम्बईबाट काठमाडौं आएकी अभिनेत्री मनीषा कोइराला अहिले राजधानीको एक होटलको क्वारेन्टाइनमा बसेकी छन्। उनले आफ्नो कोरोना टेस्ट पनि गराएकी छन्। उनीलगायत सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ।

विदेशबाट आएपछि १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमअनुसार घर नगई अभिनेत्री उनी आफ्ना बुवाआमासँगै होटलमा बसेकी हुन्। मनीषा मंगलबार मुम्बईबाट हवाईजहाजमा बनारस आएकी थिइन्। त्यसपछि गोरखपुर हुँदै गाडीमा भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी हुन्। मनीषा, उनका बुवा, आमा र काकीसँग नेपाल आएकी हुन्। क्वारेन्टाइनमा रहेका कारण उनले निश्चित आफन्तबाहेक अरूसँग भेटघाट गरेकी छैनन्।

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा जारी गरेपछि मनीषाले यसको स्वागत गरेकी थिइन्। त्यसपछि मनीषाको विरोधमा भारतीय मिडिया खनिएका थिए।

२०७७ जेष्ठ २५, आईतवार ००:१०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय