जनकपुरधाम : प्रदेश २ को राज्यमन्त्रीको स्वकीय सचिव र चालकमा कोरोना संक्रमण भेटिएको छ । प्रदेश २ को आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा कुमारी यादवकी स्वकीय सचिव र चालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ को प्रदेशसभा बैठक अन्तर्गत चौथो अधिवेशन अन्तर्गत बैठक सञ्चालन हुनु अगाडी गत आईतवार, सोमबार र मंगलवार गरिएको परिक्षणमा स्वकीय सचिव र चालकमा कोरोना पुष्टि भएको हो । प्रदेशसभाका सांसद, कर्मचारी, सुरक्षाकर्मी, तथा सहयोगीहरुको स्वायब परिक्षणको क्रममा राज्यमन्त्री यादवकी चालक र स्वकीय सचिवमा कोरोना संक्रमण भेटिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

यस भन्दा अघि बिहिवार प्रदेशसभाका पाँच जना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रदेशसभा अन्तर्गत ४ सय ४३ व्यक्तिको स्वायब परिक्षण गरिएको थियो ।

२०७७ जेष्ठ २५, आईतवार ०७:५०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय