काठमाडौं : जनता समाजवादी पार्टीको संघिय परिषद्को अध्यक्ष डा बाबुराम भट्टराई नै हुने पार्टीका नेताहरुले स्पष्ट पारेका छन् । निर्वाचन आयोगमा पार्टी दर्ता गराउदाँ हिजो उनको नाम चौथो नम्मरमा रहेकाले उनको भूमिका माथी प्रश्न उठिरहेका बेला संघिय परिषद्को अध्यक्ष उनी नै हुने पार्टीका नेताहरुले स्पष्ट परेका हुन् ।

पार्टीका प्रभावशाली नेता राजेन्द्र महतोले डा भट्टराईलाई संघिय परिषद्को अध्यक्ष बनाउने सहमती यसअघि नै भएको र त्यो कायमै रहेको जानकारी दिए। नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले पार्टी दर्ताका लागि सजिलो बनाउन डा भट्टराई चौथो नंम्मरमा बस्न तयार भएको बताए ।

महतोले भने, “उहाँकै उदारतामा उहाँलाई चौथो नम्मरमा राखिएको हो, त्यसको लागि उहाँलाई धन्यवाद दिनु पर्दछ । ठूलो मिसन बोकेको र प्रधानमन्त्री भइसकेको व्यक्तिलाई अन्य पद गौण हुन्छ, त्यसैले उहाँले उदारता देखाउनु भएको हो । ”बरिष्ठता, सन्तुलन र पार्टीको समान हैसियतका आधारमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष बनाइएको र समावेशिताका लागि अशोक राईलाई तेस्रो बरियतासहित बरिष्ठ उपाध्यक्ष बनाएको महतोले बताए।

सवै जाति र क्षेत्रका जनताको पाटी हो भन्ने सन्देश दिन पनि राईलाई बरिष्ठ उपाध्यक्ष बनाइएको महतोको भनाई छ । उनले पार्टीको आगामी बैठकले भट्टराईलाई संघिय परिषद् अध्यक्ष र आफुलाई संसदीय दलको नेतामा नियुक्त गर्ने सहमती भएको पनि दाबी गरेका छन्।तत्कालिन राजपाका नेताद्धय राजकिशोर यादव र अनिल झा एकिकरणका कुनैपनि गतिविधिमा संलग्न नभएको विषयमा आफुलाई थाहा नभएको महतोको जवाफ थियो ।

नेता महतोले साना अन्य पार्टीहरुसँग पनि एकिकरणका लागि कुराकानी भइरहेको र जति सक्दो धेरै पार्टीहरु एकिकरण गरेर देशको बैकल्पीक शक्ति बनाउने अठोट व्यक्त गरे ।

२०७७ जेष्ठ २६, सोमबार १०:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय