काठमाडौं : आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हावाहुरीसहित दिउँसो र साँझ वर्षाको सम्भावना देखिएको हो ।

आज दिउँसो प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आज साँझ देशभर आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

नेपालमा स्थानीय वायु, पश्चिम वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

२०७७ जेष्ठ २७, मंगलवार ०६:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय