काठमाडौं : नेपाली फिल्मकी अभिनेत्री निरिषा बस्नेतमा कोरोना संक्रमण देखिएको छ । बलिउड प्रवेशका लागि लामो समयदेखि भारतको मुम्बईमा बसेर संघर्षरत उनले छाति दुख्न थालेपछि कोरोनाको परिक्षण गराएकी थिइन् । पीसीआर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनले इन्स्टाग्राममार्फत् आफूमा कोरोना देखिएको र चिकित्सकको निगरानीमा रहेको बताएकी छन् ।

उनले आफू चाँडै निको भएर घर फर्किने विश्वास व्यक्त गरेकी छन् । अभिनेत्री निरिषा अभिनीत पहिलो नेपाली फिल्म ‘जानी नजानी’ गत वर्ष प्रदर्शनमा आएको थियो । यो फिल्म गर्नका लागि उनी मुम्बईबाट नेपाल आएकी थिइन् । फिल्म बक्सअफिसमा असफल भए पनि दर्शक तथा समीक्षकले उनको अभिनय रुचाएका थिए । यो फिल्म प्रदर्शनलगत्तै उनी मुम्बई हानिएकी थिइन् ।

निरिषाका पिता विश्व बस्नेत पनि कलाकार हुन् । पिताकै पदचाप पछ्याउँदै अभिनयमा होमिएकी उनले केही भारतीय सिरियलमा अभिनय पनि गरेकी छन् । ‘चन्द्र नन्दिनी’ नामक सिरियलमा उनले मुख्य भूमिका निभाएकी थिइन् । उनले आफूमा कोरोनाको संक्रमण देखिएको बताएपछि सामाजिक सञ्जालमा फिल्मकर्मी र शुभचिन्तकहरुले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

२०७७ जेष्ठ २७, मंगलवार २१:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय