बर्दिबास : ललितपुरस्थित पाटन अस्पतालको आइसियू कक्षबाट पोर्टेबल अल्ट्रासाउन्ड मेसिन चोरी गरेको आरोपमा चिकित्सक डा. प्रवीण मिश्र र रमेशकुमार शर्मा पक्राउ परेका छन् ।

पक्राउ परेका चिकित्सक डिएन्डबी मेडिकेयर बर्दिबासमा कार्यरत रहेको खुलेको छ । पक्राउ परेका शर्मा बर्दिबासकै अस्पतालमा कार्यरत अहेव हुन् ।
आफूहरू कम्पनीबाट मेसिन मर्मत गर्न आएको भन्दै आइसियूमा छिरेर उनीहरूले चोरी गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले चोरीको मेसिन बानेश्वरस्थित आफन्तको डेरामा राखेका थिए । बर्दिबासको आफ्नो अस्पतालमा जडान गर्नका लागि मेसिन चोरी गरेको अनुसन्धानमा खुलेको छ ।२० लाख ७९ हजार रुपैयाँ पर्ने सो मेसिनलाई स्वास्थ्यकर्मी व्यस्त रहेको मौकामा उनीहरूले चोरी गरेको प्रहरीले जनाएको छ ।

गत १७ जेठमा मेसिन चोरी भएपछि अस्पतालले प्रहरीमा उजुरी गरेको थियो । अनुसन्धानबाट सोही अस्पतालमा कार्यरत चिकित्सकको संलग्नता देखिएकाले पक्राउ गरिएको ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईले बताए । उनीहरूलाई चोरी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । मेसिन पनि प्रहरीले बरामद गरेको छ ।

२०७७ जेष्ठ २८, बुधबार २०:५१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय