बर्दिबास : महोत्तरीको बिजलपुरालाई सील गरिएको छ । महोत्तरीको बर्दिबास नगरपालिका-१३ र १२ स्थित बिजलपुरामा १४ जाना कोरोना संक्रमित भेटाएपछि स्थानीय युवाहरुले सील गरेको छ । वडा नं. १३ मा १३ जना र १२ मा १ जना संक्रमित भेटिएको छ ।

४ दिनको अवधिमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बिजलपुरा संक्रमण फैलिन् नदिनलाई स्थानीयद्वारा सील गरिएको स्थानीय समाजसेवी युवा रमेश कुमार महतोले  बताए । १४ जना संक्रमित भेटाएपछि बिजलपुराका स्थानीयवासीहरु त्रसित भएका छन् ।

वडा नं. १३ का वडा अध्यक्ष श्याम प्रसाद राउतले संक्रमितको सम्पर्कमा आएका सबै युवालाई क्वारेन्टाइनमा राखिएको बताए । बिजलपुरामा संक्रान्तिको संख्या बढ्दै गएको  बेला क्वारेन्टाइन व्यस्थापनका संगै आर्थिक सहयोगको लागि चन्दा समेत सङ्कलन गरिएको अध्यक्ष राउतले बताए ।

कोरोना भाइरसका कारण विश्व नै लकडाउन रहेको बेला युवाहरु भारतको अहमाबादबाट लुकिछिपी नेपाल आएका थिए । उनीहरुलाई बर्दिबास नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको थियो ।

२०७७ जेष्ठ २९, बिहीबार ०९:११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय