जनकपुरधाम : धनुषामा एक युवकले प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा फेला परेपछि घटनालेको छ । एक युवक प्रहरी हिरासतभित्रै शौचालयको भेन्टिलेटरमा झुण्डिएको अवस्थामा फेला परेको छ । धनुषाको सबैला नगरपालिका १२ बस्ने २४ वर्षिय शम्भु सदा मुसहर प्रहरीको हिरासतमा झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय सबैला धनुषाको हिरासतमा रहेको मुसहर प्रहरी कार्यालयको शौचालय भित्र झुण्डिएको अवस्थामा मृत भेटिएपछि प्रहरी स्थानीयले छानबिनको माग सहित प्रहरी गाडीमा तोडफोड गरेको छ । प्रहरी हिरासतभित्रै मुसहर मृत भेटिएपछि घटना शंकास्पद रहेको भन्दै बाटो अवरुद्ध गरेर प्रदर्शन गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोड गरिएको छ ।

यसैथरी स्थानीयहरुले बरकुर्वा सडक अवरुद्ध गरी छानबिनको माग गर्दै प्रदर्शनको क्रममा स्थितिलाई नियन्त्रणमा लिन गएका ईलाका प्रहरी कार्यालय यदुकूहाको प्रहरी भ्यानमा समेत तोडफोड भएको छ । प्रदर्शनकारीको ढुङ्गामुढा प्रहारबाट यदुकूहाको प्रहरी भ्यान सिसा सहित अन्य भागमा क्षति पुगेको प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए ।

भीड नियन्त्रणका लागि प्रहरीले केही राउण्ड आश्रुग्यास समेत फायर गरेको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । प्रहरी हिरासतमा मृत्यु भएका युवकको रहस्मय आत्महत्या भएकोले घटना छानबिनको माग गरेका छन् । मृत भेटिएका मुसहर सवारी ज्यान मुद्दाका प्रतिवादी थिए ।

२०७७ जेष्ठ ३०, शुक्रबार २०:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय