काठमाडौं : कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा मृतक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

डा सिंहका अनुसार कोरोना पुष्टि हुने मृतक पाँच वर्षे बालक र अन्दाजी ३० देखि ३५ वर्षका पुरुष छन् ।

वीरगञ्जका बालक निमोनिया भएर अस्पतालमा उपचार गर्न आएका थिए । वीरगन्जको एक निजी अस्पतालमा उपचार गर्न आएका उनको कोरोना आशंका गरी स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा सिंहले बताए ।

त्यस्तै अर्का एक बेवारिसे अवस्थामा शव फेला परेका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । अन्दाजी ३० देखि ३५ वर्ष उमेरको पुरुष वीरगञ्ज घण्टाघर परिसरमा मृत फेला परेका थिए । उनमा पनि कोरोनाको आशंकामा स्वाव परीक्षण गर्दा पोजेटिभ देखिएको डा सिंहले बताए ।

यी दुवै मृतकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक पुष्टि गरेको छैन । यसअघि नेपालमा १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । वीरगञ्जमा २ जनाको मृत्युभएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।

२०७७ जेष्ठ ३१, शनिबार १६:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय